Ads

राष्ट्रियसभाका चार विषयगत समिति सभापतिमा उम्मेदवारी दर्ता


काठमाडौं । राष्ट्रियसभाका चार विषयगत समिति सभापति पदका लागि उम्मेदवारको नाम दर्ता भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५० को उपनियम (१) बमोजिम राष्ट्रिय सभाअन्तर्गत गठित चार वटा विषयगत समिति सभापतिको निर्वाचनका लागि चार जना सांसदले उम्मेदवारी दर्ता गरेका छन् ।

दिगो विकास सुशासन समिति, विधायन व्यवस्था समिति, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति र राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति पदका लागि चार सांसदको उम्मेदवारी परेको हो ।

दिगो विकास सुशासन समिति सभापति पदमा सांसद प्रकाश पन्थको नाम दर्ता भएको छ । उनको प्रस्तावकमा सांसद महेशकुमार महरा र समर्थकमा सांसद जगप्रसाद शर्मा छन् ।

विधायन व्यवस्था समिति सभापति पदमा डा. बेदुराम भुषालले उम्मेदवारी दर्ता गराएका छन । उनको प्रस्तावकमा सांसद अनिता देवकोटा र समर्थकमा सांसद देवेन्द्र दाहाल छन ।

यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समिति सभापति पदमा सांसद मायाप्रकाश शर्माको उम्मेदवारी छ भने उनको प्रस्तावकमा सांसद मदनकुमारी शाह (गरीमा) र समर्थकमा सांसद युवराज शर्मा छन ।

त्यस्तै, राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति पदमा सांसद दिलकुमारी रावल थापा (पार्वती)ले उम्मेदवारी दर्ता गराएकी छन । उनको प्रस्तावकमा सांसद गोपीबहादुर सार्की (अछामी) र समर्थकमा सांसद दुर्गा गुरुङ छन।

Ads

सम्बन्धित पोष्टहरू