Ads

वैदिक सनातन हिन्दू राज्यको माग


काठमाडौं । राष्ट्रिय सरोकार मञ्च नेपालले वैदिक सनातन हिन्दू राज्य घोषणाको माग गरेको छ ।मञ्चका महासचिव अर्जुनसिंह विष्टले नेपाल सनातन वेदवेदान्तीय धर्म, दर्शन, संस्कार, संस्कृति परम्परा र सभ्यताको मुख्य केन्द्र भएकाले मुलुकलाई हिन्दू राज्य कायम गर्नुपर्ने बताएका छन्।

महासचिव विष्टले विश्वमा भएका सम्पूर्ण हिन्दू धर्मावलम्बीको पवित्र तीर्थस्थल पशुपतिनाथ, मुक्तिनाथ, जगन्नाथ र गुरु गोरखनाथको संरक्षण गर्दै वैदिक सनातन हिन्दू धर्मावलम्बीच एकता, समन्वय र सहकार्य हुनुपर्ने आवश्यकता औँल्याएका छन्।

राष्ट्रिय सरोकार मञ्चले मुलुकको विकास र समृद्धिका लागि राज्यको संरचना गर्दा सिञ्जा, सिम्रौनगढ र मिथिला गरी तीन प्रदेश कायम गरेर सबै नागरिकलाई समान अवसर तथा सामाजिक न्याय उपलब्ध गराउन आग्रह गरेको छ । मञ्चले यस विषयमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको जनाएको छ । रासस

Ads

सम्बन्धित पोष्टहरू