काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ मात्रै भएको बताए ।
उनले भने ‘हामीले तालमेलका बारेमा छलफल गर्यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो, कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं ।’
भोलि बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्