Ads

भरतले पनि छाडे माधव नेपालकाे साथ


काठमाडौ । नेकपा समाजवादी प्रदेश १ कमिटीका सदस्य भरतबाबु कार्कीले माधव नेपाललाई २६ वटा आरोप लगाउँदै पार्टी त्यागेका छन ।
कार्कीले एक विज्ञप्ती जारी गर्दै माधव नेपाल नेतृत्वको पार्टीले एक वर्षमा पनि पार्टीको आकार ग्रहण नगरेको बताएका हुन ।

‘यो पार्टी भन्दा पनि असन्तुष्टको जमात जस्तो देखियो’ कार्कीको विज्ञप्तीमा उल्लेख छ ‘ केन्द्रिय तहका नेताहरुमा मन्त्री पद छोड्नु पर्दाको रुवाबासी र नपाउदाको हुटहुटीले आम जनतामा अत्यन्तै नकारात्मक धारणा रहेकोले यो पार्टीमा बसिरहन मेरो अन्तरमनले मानेन ।’
शसस्त्र प्रहरी बलका पूर्व एसपी कार्की नेकपा एसको पक्षपोषण गर्न र एमालेलाई प्रहार गर्न लामो समय देखि सक्रिय थिए । उनी गतवर्षको मंसिर महिना देखि प्रदेश कमिटीमा थिए ।

Ads

सम्बन्धित पोष्टहरू