पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले आउने चुनावमा बुथ कब्जा गर्ने योजना बनाएको बताएका छन् ।
पोखरामा लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गदै अध्यक्ष ओलीले कुन-कुन जिल्लाका कुन बुथ कब्जा गर्ने योजना बनेको छ भन्ने जानकारीसमेत आफूसँग रहेको बताए ।
‘गठबन्धनले मान्छे कुट्ने, काट्ने, मार्ने, थुनाउने र बुथ कब्जा गर्ने योजना बनाएको छ । म सरकारको ध्यानाकर्षण गराउँछु र प्रहरी प्रशासनलाई निष्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्छु ’ ओलीले भने ।
ओलीले धाँधली गर्नकै लागि कांग्रेसले सत्तामा बसेर चुनाव गराउने गरेको बताए ।
अध्यक्ष ओलीले सरकार र गठबन्धनबाट हुनसक्ने धाँधली तथा बुथ कब्जा एमालेले रोक्नुपर्ने भन्दै सबै पार्टी पंक्तिलाई सचेत रहन आह्वान समेत गरे ।
प्रतिक्रिया दिनुहोस्