Ads

नेकपाकालीन अवस्थामा प्रचण्डलाई कार्यकारी अध्यक्षको पद दिएं मैमाथि नै घात गरे: एमाले अध्यक्ष ओली


काठमाडौं ।नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि घात गरेको बताएका छन्।

एमाले पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई विशेष सम्बोधन गर्दै ओलीलले नेकपाकालीन अवस्थामा कार्यकारी अध्यक्षको पद दिएपछि प्रचण्डले आफूमाथिनै घात गरेको बताएका हुन। माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्।प्रचण्डले अँगालो मारेर आफुमाथि छुरा प्रहार गरेको ओलीको गुनासो छ।

‘मैले प्रचण्डलाई आउनुस् मित्र एकीकृत पार्टी बनाउँ बलियो वामपन्थी शक्ति बनाउँ भनेर अध्यक्ष बनाउँदै नजिक राखेँ। म एकता एकीकरण भन्ने तर प्रचण्डले मैले दिएको वरदान प्रयोग गरेर मलाई साधारण सदस्यबाट निकाले मलाई भष्म बनाउन खोजे।’

माओवादी लगायत अन्य दलबाट दर्जनौं नेताहरु एमालेमा प्रवेश गरेका छन् उनीहरुलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका छन् ।

 

 

Ads

सम्बन्धित पोष्टहरू