Ads

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने


विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिनेछन् । प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशसभाको पाँचौ अधिवेशन आज बिहान ११ बजे बस्ने गरी बैठक आह्वान गरेका छन् । उनले कोशी प्रदेश सरकार (मन्त्रिपरिषद्) को २०८१ वैशाख २७ गतेको सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम उक्त आह्वान गरेका हुन् ।
    
यही वैशाख २७ गते कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले सोही दिन साँझ पद तथा गोपनीयताको शपथ लिएको थियो । उनलाई नेकपा (एमाले) का ३९, नेकपा ९माओवादी केन्द्र० का १३ सहित ५२ प्रदेशसभा सदस्यको साथ र समर्थन रहेको छ । आजको बैठकमा नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकको कार्य सूची रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू