विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संविधान र प्रचलित कानुनअनुसार नयाँ सरकार गठन भएको बताएका छन् । आज बसेको प्रदेशसभाको पाँचौ अधिवेशनको पहिलो बैठकमा उनले नेपालको संविधानको धारा, १६८ को उपधारा९४० बमोजिम तथा कोशी प्रदेशसभा नियमावली, २०७४ ९पहिलो संशोधन समेत० को नियम १२८ बमोजिम कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले विश्वासको मत सदनमा प्रस्ताव पेस गर्दै सो कुरा बताएको हो ।
उनले भने, “सरकारलाई निकै ठूलो अवसर प्राप्त भएको छ । सरकार अब बजेटको सिद्धान्त र प्राथमिकताका लागि तयारी गर्दछ । सरकारले सन्तुलित विकासमा जोड दिन्छ ।”भ्रष्टाचार न्यूनीकरण गर्न नीतिगत सुधार हुने जानकारी दिदै मुख्यमन्त्री कार्कीले सार्वजनिक वित्तको दिगो विकास, आर्थिक विकास र रोजगारी सिर्जनामा केन्द्रित भएर काम गरिने बताए । उनले आफूलाई विश्वासको मत दिने मतको सम्मान गर्ने, कसैको पनि आशा र भरोसा टुट्न नदिने र प्रदेशस्तरीय संरचनाको दिगो विकासमा सरकार गम्भीर बन्ने स्पष्ट पारे ।
मुख्यमन्त्री कार्कीले संसदीय प्रक्रियाको जननी ठात्रे नेपाली कांग्रेस यो प्रक्रियाबाट बाहिर रहनु कसैका लागि पनि सुखद नभएको बताउँदै प्रदेश सरकारको विषयमा सर्वोच्च अदालतमा परेको रिट र हुने फैसलालाई आफू शिरोधार्य गर्ने जानकारी दिए।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले० संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले राजनीतिक स्थिरता, मुलुकको समृद्धि र सुशासनका निम्ति वर्तमान सरकारलाई विश्वासको मत दिन आग्रह गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले र नेकपा (एकीकृत समाजवादी) दलका तर्फबाट कोशी प्रदेशसभा सदस्य कमलप्रसाद जवेगुले अस्थिरता र निराशालाई समाप्त पार्न यो सरकारलाई विश्वासको मत दिने जानकारी दिएको थियो । उनीहरुले समाजवादको आधार तयार गर्न राजनीतिक स्थिरता हुनुपर्छ भने ।
यही वैशाख २७ गते नियुक्त भएको मुख्यमन्त्री कार्कीले सोही दिन पद तथा गोपनीयता शपथ लिएको थियो । उनलाई एमालेका ४०, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका तीन र जसपाका एकजना विश्वासको मत प्रदान गर्नुभएको थियो । बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य अनुपस्थित भएको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा)का पाँचजना प्रदेशसभा सदस्यले तटस्थ रहने मत प्रकट गर्नुभएको थियो । अर्को प्रदेशसभाको अर्को बैठक आगामी जेठ १३ गते दिउँसो १ बजे बस्ने सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्