Ads

राष्ट्रिय सभामा कांग्रेसको अवरोध, शुक्रबारसम्मलाई स्थगित


काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक अवरोध गरेको छ ।

बिहीबारको बैठक सुरु हुनेवित्तिकै कांग्रेस सांसदहरू आसनबाट उठेर विरोध गरेका थिए ।

त्यसपछि राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले राष्ट्रपतिबाट संसदमा सरकारको नीति तथा कार्यक्रम पेश भएको र राष्ट्रपतिलाई धन्यवाद दिन समेत नसकिएको भन्दै यसले नराम्रो सन्देश गएकाले बस्न आग्रह गरेका थिए ।

तर पनि कांग्रेस सांसदहरू आसनमा नबसेपछि अध्यक्ष दाहालले जेठ ४ गते बस्नेगरी बैठक स्थगित भएको घोषणा गरे ।

Ads

सम्बन्धित पोष्टहरू