Ads

टुकुचामाथि बनेका संरचना प्रकरण : नभत्काउन उच्च अदालत पाटनको आदेश


काठमाडौं ।  टुकुचा खोला भूमिगत बनाइएका ठाउँमाथि बनेका संरचना नभत्काउन उच्च अदालत पाटनले आदेश दिएको छ ।

काठमाडौं महानगरपालिकाले हराएको टुकुचा खोला खोज्दै त्यसमाथि बनाएका संरचनाहरु भत्काउने तयारी गरेपछि उच्च अदालत पाटनले आइतबार उक्त आदेश गरेको हो । न्यायाधिश दीपेन्द्रबहादुर बमको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनका रजिस्ट्रार ठगिन्द्र कट्टेलले दुवै पक्षलाई राखेर छलफल गरेपछि अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने विषयमा छलफल हुने आदेश भएको जानकारी दिए ।

टुकुचालाई भूमिगत बनाइएको ठाउँमाथि बनेका संरचना नभत्काउन माग गर्दै भदौ ३१ गते पाटन उच्च अदालतमा रिट दर्ता भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू