काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध धनुषा जिल्ला अदालतले पक्राउ पुर्जी जारी भएपछि यसबिरुद्ध रिट दायर गर्न उनी सर्वोच्च अदालत पुगेका छन्।
दोहोरो नागरिकता नम्बर भएको भन्दै उनीबिरुद्ध परेको जाहेरीका कारण धनुषा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि सिरोहिया पक्राउ पुर्जी बदर गरीपाउँ भन्दै सर्वोच्च पुगेको त्यहाँका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए।
घिमिरेका अनुसार पक्राउ पूर्जी बदर गरीपाउँ भन्दै रिट लिएर सिरोहिया आफैं अदालत पुगेका हुन्।
प्रतिक्रिया दिनुहोस्