Ads

आज टुङ्गिएकाल त छानविन समितिको क्षेत्राधिकार ?


काठमाडौं, सहकारी ठगी छानबिन गर्ने संसदीय समितिको क्षेत्राधिकार तय गर्न कार्यदलको बैठक आज बस्दैछ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय सिहंदरबारमा आज दिउँसो ३ बजे बैठक बस्ने तय भएको छ ।

प्रमुख प्रतिपक्षी दलले सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै मुछिएकाले नाम उल्लेख गरेर क्षेत्राधिकार तय गर्नुपर्ने बताउँदै आएको छ। कांग्रेसको यही मागमा सहमति नजुट्दा कार्यदलको बैठक निष्कर्षविहीन बन्दै आएको छ ।

हिजो बसेको कांग्रेस संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकले सहकारीहरूको बचत ठगी, अपचलन, हिनामिना र दुरुपयोग जाँचबुझ गर्न र गृहमन्त्रीलाई समेत छानबिनको दायरामा ल्याउन सडक संघर्ष गर्ने निर्णय गरिसकेको छ ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा कांग्रेसका सांसद जीवन परियार, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला र रास्वपा सांसद शिशिर खनाल सदस्य छन् । कांग्रेसका तर्फबाट ज्ञानेन्द्रबहादुर कार्की पनि बैठकमा सहभागी हुँदै आएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू