Ads

राष्ट्रपतिको समर्थनमा अनेरास्ववियुको प्रदर्शन


काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियुले त्रिचन्द्र क्याम्पस घन्टाघरमा विरोध प्रदर्शन गरेको हो ।
नागरिकता विधेयक रोकेर राष्ट्रपतिले नागरिकताको खुकुलो प्रावधानलाई अस्विकार गरेकोमा अनेरास्ववियुले स्वागत गर्दै जुलुस निकालेको हो ।
अनेरास्ववियुले भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरेकोमा समर्थन गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनपछि अनेरास्वियुले नागरिकता विधेयक जलाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू