काठमाडौं । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघले राष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा र्याली निकालेको छ।
एमाले नेता महेश बस्नेत लगायतका युवा संघका नेताहरु राष्ट्रपति भण्डारीको समर्थनमा उत्रिएका हुन्।
उता नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेको छ ।
अखिल क्रान्तिकारीको पवन कार्की समूहले दिउँसो नेपाल कमर्स क्याम्पस अगाडि पुतला दहन गरेको हो ।
यसैविच माओवादी केन्दका अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदमविरुद्ध सडक आन्दोलन र न्यायिक आन्दोलन सँगै लैजानेबारे छलफल भइरहेको बताएका छन् ।
आजै प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनआबद्ध वरिष्ठ अधिवक्ता र संविधानविद्हरुलाई छलफलका लागि बोलाइएको उनकाे भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्