काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गरिएको छ ।
राष्ट्रपति भवनमा बुधबार आयोजित समारोहमा आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सो प्रतिवेदन पेस गरे ।
संविधान अनुसार, सबै संवैधानिक निकायले वर्षभरि सम्पादन गरेका कार्यहरूको विवरण समावेश भएको प्रतिवेदन पेस राष्ट्रपतिसमक्ष पेस गर्ने संवैधानिक व्यवस्था छ ।
प्रमुख आयुक्त राईले नेपालको संविधानको धारा २९४ बमोजिम आर्थिक वर्ष २०७८/०७९ को अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेस गर्नुभएको जानकारी राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले दिए ।
प्रतिक्रिया दिनुहोस्