काठमाडौं । नेकपा एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनालले एमाले अध्यक्ष ओली जत्तिको अर्को कुनै राजनेता नभेटेको बताएका छन् ।
पार्टी प्रवेशपछि सम्बोधनको अधिकांश समय खनालले ओलीको प्रशंसा गरे ।
उनले भने ‘मैले करिब ७ वटा प्रधानमन्त्री फेरेँ । किशुनजीदेखिलगायत । मैले उहाँका धेरै कुरा देख्न पाइनँ,मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’
अध्यक्ष ओलीले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उनको छत्रछायाँमा काम गर्ने इच्छा जागेकाले एमाले प्रवेश गरेको खनालले बताए । प्रहरी सेवामा आफ्नो कार्यकालमा पनि राम्रा काममा मात्रै सघाएको पूर्वआईजीपी खनालले बताए ।
उनले भने, ‘हाम्रा श्रद्धेय कमरेडको शीतल छहारी पाउनेछु भन्ने विश्वास लिएको छु ।’ ओली सम्पूर्ण प्रहरी कर्मचारीको आशाको केन्द्र समेत रहेको उनले बताए ।’
प्रतिक्रिया दिनुहोस्