Ads

घर भत्कँदा एकजनाको मृत्यु


दाङ\ दाङमा शनिबार बेलुका आएको हावाहुरी सहितको पानीले घर भत्किँदा एक जनाको च्यापिएर मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १२ रजेना निवासी ७० वर्षीय कुलबहादुर नामले चिनिने भगवान केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खत्रीको परिवारमा तीनजना रहेका थिए । तर, हावाहुरीको समयमा घरमा वृद्ध दम्पती मात्र रहेको र हावाहुरी सहित आएको पानीले घरको एक छेउ भत्किएपछि बाहिर भाग्ने क्रममा च्यापिएर उनको मृत्यु भएको हो । उनकी श्रीमती भने सकुशल रहेको तुलसीपुर उपमहानगरपालिका १२ का वडा अध्यक्ष खुसीराम चौधरीले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू