Ads

गृहमन्त्री विरुद्धको मुद्दालाई सर्वोच्चले दियो अग्राधिकार, अर्को सुनुवाइ जेठ २८ गते


काठमाडौँ । सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछाने विरुद्ध दायर भएको रिटलाई अग्राधिकार दिएको छ।

सर्वोच्चले सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै इजलासबाटै सुनुवाइको मिति समेत तोकेको छ।

आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले लामिछाने विरुद्ध अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै जेठ २८ गतेका लागि अर्को सुनुवाइको पेसी पनि तोकेको छ।

सर्वोच्चले अन्तरिम आदेश जारी गर्ने विषयमा दुवै पक्षबीच छलफल हुनुपर्ने र यो विवाद तत्काल निष्कर्षमा पुग्नुपर्ने भन्दै जेठ २८ गतेका लागि पेशी तोकेको हो।

 

Ads

सम्बन्धित पोष्टहरू