मोरङ । कोशी प्रदेश सरकारको शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका योजना छनोट प्रक्रियालाई व्यवस्थित गर्ने निर्णय गरेको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बसेको बैठकले प्रदेश योजना आयोग गठन तथा कार्य सञ्चालन आदेश ७५ को दफा ७ को उपदफा ६ बमोजिम प्रदेश विकास परिषद्को बैठक जेठ २९ गते बस्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सरकारका प्रवक्ता लीलावल्लभ अधिकारीले जानकारी दिए ।
सङ्घीय सरकारबाट हस्तान्तरण भएका र प्रदेशका अधुरा, क्रमागत योजनाहरु, बहुवर्षीय आयोजनाहरु, चालु आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न नभएका र बजेट अपुग भएका योजनाहरु पूरा गर्न सङ्घीय सरकारसँग थप बजेट माग गर्ने निर्णय गरेको छ । यी योजनाहरु सम्पन्न गर्न दुई अर्ब तीन करोड ५० लाख ८७ हजार सशर्त अनुदान माग गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्