Ads

राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकता आवश्यक छ : उपप्रधानमन्त्री श्रेष्ठ


चितवन । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रियताको रक्षाका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताएका छन् ।

स्व भुवानीप्रसाद पौडेलको सातौँ स्मृति दिवसका अवसरमा चितवनको माडीमा आयोजित फुटबल प्रतियोगिताको समापन समारोहमा उनले रूपान्तरण र राजनीतिक परिवर्तनलाई पूर्णताका लागि वामपन्थी एकताको आवश्यकता रहेको बताए । उपप्रधानमन्त्री श्रेष्ठले कम्युनिष्ट पार्टीबीचको एकता तल्लो तहसम्म पुग्नु आवश्यक रहेकामा जोड दिए ।

यसैगरी उनले राजनीतिक परिवर्तनको रक्षा गर्नुका साथै सामाजिक, आर्थिक र खेल क्षेत्रको विकास गर्न जरूरी रहेको धारणा राखे । खेल क्षेत्रले नगरको मात्रै नभई देशको नाम राख्ने भएकाले यस क्षेत्रको विकासका लागि सरकार लागिपरेको उनको भनाइ थियो ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द बिप्लवले जनताको जनजीविकासँग जोडिएका मुद्दामा सरकारले ध्यान दिन नसकेको बताए । उनले जनहित रक्षा र राष्ट्रियताको जगेर्नाका लागि आफूहरु सहकार्य गर्न तयार रहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू