Ads

एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल


अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल निर्वाचित भएको छ । सन्धिखर्कमा भएको नवौँ जिल्ला अधिवेशनले आज पिताम्बर भुसालको नेतृत्वमा ८७ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

भुसाल आठौँ जिल्ला अधिवेशनमा पनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएको थियो । दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत रुपमा निर्वाचित भएको हो ।

उपाध्यक्षमा शम्भुप्रसाद पोख्रेल, सचिवमा तोजबहादुर रायमाझी उपसचिवमा खगेश्वर पन्थी र शिवकला विक निर्वाचित भएको छ । केही पदका लागि निर्वाचन र केही सर्वसम्मत गरी ८७ सदस्यीय जिल्ला कमिटी निर्माण भएको निर्वाचन समितिले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू