Ads

मध्य र पश्चिम नेपालमा तापक्रम उच्च


काठमाडौ, केहि दिनयता उच्च बनि रहेको तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ । खास गरि मध्य र पश्चिम नेपालमा अधिक तापक्रम र गर्मी रहेको छ । देशका केही ठाउँमा हिजो तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । चार वटा मापन केन्द्रमा तापक्रम ४० डिग्रीभन्दा माथि मापन गरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार अबको एक,दुई दिन मध्य र पश्चिम क्षेत्रमा तापक्रम उच्च नै रहने सम्भावना छ । पूर्वबाट भित्रिएको मनसुन विस्तारै पश्चिमतर्फ लाग्नेछ । महाशाखाकाअनुसार हिजो बेलुका अधिकतम तापक्रम धनगढीमा ४४ डिग्री, नेपालगञ्जमा ४३ दशमलव ६, दीपायलमा ४० दशमलव ७ र वीरेन्द्रनगरमा ४० दशमलव ९ डिग्री मापन भएको छ । यस्तै दाङको घोराहीमा ३९ दशमलव ६, भैरहवामा ३९ दशमलव ८, सिमरामा ३७ दशमलव ५ र जनकपुरमा ३७ डिग्री पुगेको छ ।

हिजो काठमाण्डौमा पनि तापक्रम ३४ दशमलव ४ डिग्री सेल्सियस पुगेको छ । काठमाण्डौमा तापक्रम ३४ दशमलव ४ डिग्री पुगेको यो वर्ष दोस्रो पटक हो । यो हप्ता पानी कम परेका कारण देशका धेरैजसो ठाउँमा अधिकतम तापक्रम बढेको महाशाखाले जनाएको छ । तोकिएको मितिभन्दा तीन दिन अघि हिजो पूर्वी नेपालबाट मनसुन भित्रिए पनि धेरैजसो क्षेत्रमा गर्मी महसुस गरिएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू