Ads

कांग्रेस जनताको हितका लागि प्रतिपक्षमा बसेर काम गर्छ : नेता निधि


जनकपुर । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले कांग्रेसले जनताको हितका लागि प्रतिपक्षमा बसेर काम गर्ने बताएका छन् ।

नेपाली कांग्रेसको प्रशिक्षण शाखाले शनिबार जनकपुरधाममा आयोजना गरेको महिला सशक्तीकरण तथा नेतृत्व विकास प्रशिक्षण कार्यक्रममा नेता निधिले सत्ताका लागि हरेक दल प्रयासरत रहने गरेका भए पनि कांग्रेसले अहिले प्रतिपक्षमा नै बसेर सरकारलाई खबरदारी गर्ने उल्लेख गरे ।

“कांग्रेस सरकार सरह नै काम गरेर जनताको सहानुभूतिका लागि अग्रसर हुनुपर्छ”, उनले भने । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलालगायतका नेताहरुले आ–आफ्नो धारणा राखेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू