Ads

सहिद रीतबहादुर खड्का क्रान्तिकारी नेता हुनुहुन्थ्योः प्रधानमन्त्री


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उन क्रान्तिकारीहरूको प्रेरणाको स्रोत थिए भनेका छन् ।

सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गरेको बताए ।

“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता थिए, उनले छोटो समयमा राम्रो प्रगति गरेका थिए”, प्रधानमन्त्री दाहालले भने, “उनी सम्भावनायुक्त नेता थिए, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्थे । उनको सहादतबाट अपूरणीय क्षति भयो ।”

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

Ads

सम्बन्धित पोष्टहरू