Ads

एमाले परित्या गरी एकसय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश


मुकेश कुमार यादब

सिरहा । सिरहामा चुनावको मुखमै एमाले परित्या गरी एक सय भन्दाबढी नेता कार्याकर्ता माओवादी प्रवेश गरेको छ । गोलबजार नगरपालिकामा एमाले पार्टी परित्याग गरी करिब २ सयजना स्थानीय नेता कार्याकर्ता नेकपा (माओवादी केन्द्र) प्रवेश गरेका छन्।

गोलबजार-४ भट्टटोलमा एक समारोहको आयोजना गरी पार्टीका स्थायी समिति सदस्य तथा सिरहा क्षेत्र नम्वर ३ बाट वाम लोकतान्त्रिक गठवन्धनका उम्मेदवार विश्वनाथ साहले माला र अबिर लगाएर पार्टी प्रवेश गराएका हुन्।

गोलबजार-४ का मदन यादव, नथुनी महरा (माइन्जन), गोविन्द महरा र गोलबजार- ६ का अरुण कुमार साहसहित करिब २ सय युवा, नेता, तथा कार्यकता नेकपा एमाले परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका हुन् ।

नवआगन्तुकहरुलाई नेता साहले पार्टीमा स्वागत गर्दै आगामी मंसिर ४ को निर्वाचनको  कार्यमा जुट्न समेत अनुरोध गरे। उनले आफू पदमा रहँदा वा नहुँदा पनि सधैँ जनताको सेवामा रहेको बताए। उनले भने, ‘मैले राजनीतिक जीवन सुरू गरेदेखि नै जनताको काममा रिन्तर लागिरहेको छु, सत्तामा हुँदा बढी र बाहिर रहँदा कम मात्र हो।’

सोही क्रममा उनले यो क्षेत्रको विकासको काममा पनि आफू सधैँ लागि परेको नेता साहले बताए। उनले यहाँको शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता हरेक पूर्वाधार विकासमा पनि आफ्नो पार्टीले काम गरेको बताए।

Ads

सम्बन्धित पोष्टहरू