मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भब रहेको बताएका उनले छेस्कामबाट गुदेल जाने बाटोको स्तरोन्नति सँगै मोटरेवल पुल बनाउने प्रतिबद्धता जनाएका छन् ।
पर्यटन प्रवद्र्धनका लागि मेरापिक हिमालय रेन्ज मकालुवरुण राष्ट्र्यि निकुञ्ज एंव चाम्लाङ हिमाल आरोहण सहज बनाउन गठबन्धन उम्मेदवारलाई निर्वाचित गराउनृुपर्ने मतदातासँग आग्रह गरे ।
सोलुखुम्बुको अधिकांश विद्यालय आफ्नो पहलमा निर्माण भएको स्मरण गराउँदै केसीले सोलुको विकास र समृद्धिका लागि आफ्नो सदैव खटिरहने प्रतिबद्धता पनि जनाए । पर्यटन प्राविधिक शिक्षा र प्राविधिक विद्यालय स्थापना गर्ने उनको भनाइ छ । सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका केसीसँ एमालेका मानवीर राई प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया दिनुहोस्