काठमाडौं । निलम्बित महामन्त्री डा मुकुल ढकालमाथिको कारबाहीबारे निर्णय गर्न रास्वपाले केन्द्रीय समितिको बैठक बोलाएको छ ।
बैठक बिहान ८ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ । अनुशासन आयोगले छानबिन गरी तयार पारेको प्रतिवेदनमाथि केन्द्रीय समितिले आज निर्णय गर्ने सदस्य गणेश पराजुलीले बताए ।
अनुशासन आयोगका प्रमुख डा भरत देवकोटाले छानबिन प्रतिवेदन सभापति रवि लामिछानेलाई बुझाइसकेका छन् । प्रतिवेदनबारे सचिवालय बैठकमा प्रारम्भिक छलफल समेत भइसकेको छ । एक नेताका अनुसार केन्द्रीय समितिले आज ढकाललाई आज पद मुक्त गर्ने छ ।
कारबाहीबारे अन्तिम निर्णय लिन केन्द्रीय समिति बैठक बोलाइएको हो । यसअघि गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो ।
प्रतिक्रिया दिनुहोस्