Ads

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन जसपाको ह्विप


काठमाडौं । जनता समाजवादी पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ।

पार्टी अध्यक्ष असोक राईका अनुसार सबै सांसदलाई विपक्षमा मत नहाल्न ह्विप जारी गरिएको हो। जसपाले एमाले-कांग्रेसको सरकारलाई समर्थन गरेको छ ।

यसअघि नेकपा एमालेले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन आफ्ना सांसदलाई ह्वीप जारी गरिसकेको छ ।

प्रधानमन्त्री प्रचण्डले भोलि २८ गते विश्वासको मत लिने भएका छन् । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका उनले राजीनामा नदिई विश्वासको मत लिने निर्णय गरेका हुन् ।

उनी पुस १०, ०७९ मा प्रधानमन्त्री भएका थिए । अहिलेसम्म उनले चार पटक विश्वासको मत लिइसकेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू