Ads

परराष्ट्रमन्त्री राणासँग भारतीय राजदूतले गरे शिष्टाचार भेट


काठमाडाैं । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हित र आपसी चासोका विषयमा छलफल भएको जनाइएको छ ।

राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार तयार रहेको जानकारी दिए । सहरी विकास, नदी प्रदूषण नियन्त्रण र फोहरमैला व्यवस्थापनबारे छलफल भएको मन्त्रालयले जनाएको छ ।

भारतीय राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिजो र परराष्ट्रमन्त्री डा. आरजू राणा देउवासँग आज बिहान शिष्टाचार भेटवार्ता गरेका थिए ।

 

Ads

सम्बन्धित पोष्टहरू