Ads

प्रधानमन्त्रीले आइतबार लिनेछन् विश्वासको मत


काठमाडाैं । काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आइतबार विश्वासको मत लिने भएका छन् ।

सत्तापक्षका मूख्य सचेतक महेश बर्ताैलाले दिएको जानकारी अनुसार आइतबार प्रतिनिधिसभामा ओलीले विश्वासको मत लिने निर्णय भएको हो ।

नेओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलिपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ । आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेपछि विश्वासको मत लिने तय भएको हो ।

प्रधानमन्त्रीले ६ गते संसदबाट देशबासीका नाममा सम्बोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ती प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू