काठमाडौँ । आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।
अपराह्न ४ बजेका लागि सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बोलाइएको हाे ।
आजकाे बैठकमा नियुक्तिसहितका महत्वपूर्ण निर्णयहरु हुन सक्ने बताइएको छ । यसअघि गत सोमबार ओलीले प्रधानमन्त्रीकाे शपथ लिएकै दिन पहिलाे मन्त्रिपरिषद्को बैठक बसेको थियो ।
प्रतिक्रिया दिनुहोस्