Ads

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक आज


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे दलको कार्यालय सिंहदरबारमा बस्ने भएकाे हाे ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

यसअघि शनिबार बसेको माओवादी केन्द्र, एकीकृत समाजवादी र रास्वपाको संयुक्त बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची  छ ।

Ads

सम्बन्धित पोष्टहरू