काठमाडौं । नेपाली कांग्रेसले बीपी कोइरालाको ४२औँ स्मृति दिवसका अवसरमा पार्टीको केन्द्रीय कार्यालय पुस्तकालय सुभारम्भ गरेको छ।
सभापति शेरबहादुर देउवाले आज बिहान पुस्तकालयको शुभारम्भ गरेका हुन्।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्याएका थिए। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्।

प्रतिक्रिया दिनुहोस्