Ads

काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रका कमजोरीहरु सुधार गर्नुपर्छः महामन्त्री थापा


काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्रै रहेका कमजोरीहरुको सुधार गर्न आवश्यक रहेको बताएका छन् । आईतवार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्द्रिय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले काँग्रेसले आफूलाई नयाँ बनाउन आफूभित्र रहेका कमजोरी पहिचान गर्ने र आफूभित्रकै क्षमता खोज्नुपर्ने बताए । उनले काँग्रेसभित्र पठन संस्कृति छ भन्नेकुराको पुस्तकालय उद्घाटन कार्यक्रमले पनि प्रमाणित गर्ने बताए। उनले पठन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले काँग्रेसले गर्ने बहस आम नागरिकलाई सुचित गर्ने र तथ्यमा आधारित हुनुपर्ने बताए ।

उनले भने, ‘नेपाली काँग्रेसले आफूलाई नयाँ बनाउनका लागि परपर खोज्न जाने होइन । आफैँ भित्र खोज्नुपर्छ । हामसिँगै छ त्यो । हामीभित्रै छ । त्यसैले पठन संस्कृतिलाई फेरि एक पटक नेपाली काँग्रेसभित्र छ, तर अझै यसलाई बढाउनु पर्छ । अझ उज्यालो बनाउनु पर्छ । नेपाली काँग्रेसको साथीहरु विभिन्न जिम्मेवारीमा हुनुहुन्छ, हाम्रो लाखौँ साथीहरु हुनुहुन्छ ।

नेपाली काँग्रेसको साथीहरुले जहाँ छलफलमा भाग लिनुहुन्छ, हामीले गर्ने बहसको पाटो त्यो सुचित बहस नै हो । त्यो तथ्यमा आधारित हुनुपर्छ । हामी बहकिनु हुँदैन । हाम्रो जिम्मेवारी हो । त्यसका निम्ति पनि पठन संस्कृति अनिवार्य छ । त्यसका लागि पुस्तकालयले प्रेरित गर्दछ । हामीलाई एउटा श्रोत केन्द्र पनि चाहिएको छ ।’महामन्त्री थापाले काँग्रेसलाई श्रोत केन्द्रको आवश्यकता रहेको पनि बताए ।

Ads

सम्बन्धित पोष्टहरू