काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा व्यंग्यात्मक टिप्पणी गरेका छन्।
आइतबार प्रतिनिधिसभामा प्रस्तुत भएको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा सहभागी लिँदै उनले सहयात्रीलाई नर्क पठाएर आफू स्वर्ग गएकाे भन्दै ओलीमाथि व्यंग्य गरेका हुन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने वचन प्रचण्डलाई दिएर ओलीले धोका दिएको बताए। ‘पाँच वर्ष सँगै जाने। स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने। सुन्दै आनन्द लाग्ने। आफू स्वर्गतिर जाने, अर्कोलाई लात्ती हानेर नर्कतिर पुर्यायो। यसरी वचन दिएको पनि सुन्नमा आएको छ,’ उनले भने।
उनले प्रधानमन्त्री ओलीलाई आत्मालोचनाको भावना राखेर काम गर्दै अघि बढ्न सुझावपनि दिए। साथै,उनले सत्ता समीकरण फेरबदल हुनुको कारण पनि स्पष्ट नरहेकाे भन्दै कांग्रेस एमाले गठबन्धनलाई अप्राकृतिक भने।
प्रतिक्रिया दिनुहोस्