काठमाडौं । नेकपा एमाले लुम्बिनी प्रदेशका उपनेता चेतनारायण आचार्य प्रदेश मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।
सोमबार कांग्रेस र एमालेको समर्थनसहित आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन् । गृहमन्त्री रमेश लेखक र नेपालका लागि चीनका राजदूत चेन सङबीच सोमबार भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित मन्त्रालय पुगेर राजदूत सङले गृहमन्त्री लेखकलाई बधाई ज्ञापनसहित भेटवार्ता गरेका हुन् ।
भेटमा गृहमन्त्री लेखकले दुई देशबीच सधैं सौहार्दपूर्ण सम्बन्ध रहिआएको र आगामी दिनमा सम्बन्ध थप विस्तार र सुदृढ हुने विश्वास व्यक्त गरेका थिए । उनले नेपालको पूर्वाधार विकास लगायतका क्षेत्रमा चीन महत्त्वपूर्ण विकास साझेदार रहेको बताए ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको पूर्वाधार निर्माण र क्षमता विकासमा पुर्याएको सहयोगको लागि चीनलाई गृहमन्त्री लेखकले धन्यवाद दिएका थिए ।
लेखकले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको र नेपालको भूमि आफ्ना छिमेकी राष्ट्रहरूको विरुद्धमा प्रयोग हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
राजदूत सङले नेपाल र चीनबीचको मैत्रीपूर्ण र दौत्य सम्बन्ध आगामी दिनमा थप बलियो हुने विश्वास व्यक्त गरे । नेपाल र चीनबीच सांस्कृतिक लगायत धेरै समानता रहेको भन्दै आगामी वर्षमा सम्बन्ध अझै प्रगाढ हुने विश्वास सङले व्यक्त गरे ।
उनले सीमा व्यवस्थापन, सीमापार हुने अपराध नियन्त्रण र दुवै मुलुकका नागरिकहरूको सुरक्षाको लागि नेपाल सरकारसँग समन्वय गर्ने र आफ्नो तर्फबाट समेत सहयोग हुने विश्वास दिलाएका थिए ।
अध्यागमन प्रशासनलाई सुदृढ बनाउन चीन सरकारबाट सक्दो सहयोग हुनेमा सङले आश्वस्त पारेका थिए ।
आचार्यलाई एमालेका २९ र कांग्रेसका २७ सांसदको समर्थन छ ।
प्रतिक्रिया दिनुहोस्