काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणासँग नेपालका लागि जापानका राजदूत किकुता युताकाले शिष्टाचार भेट गरेका छन् ।
मन्त्रालयलमा आज भएको भेटवार्तामा उनीहरूबीच नेपाल–जापान सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
सो अवसरमा राजदूत किकुताले नवनियुक्त परराष्ट्रमन्त्री डा राणालाई बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्