Ads

मुख्यमन्त्री लामाले आज पद तथा गोपनीयताको शपथ लिँदै


काठमाडौँ । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज बिहान ११ बजेर ११ मिनेटमा लामालाई शपथग्रहण गराउने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

नेपाली कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदहरुको समर्थनमा उनी मंगलबार संविधानको धारा १६८ को (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

बागमती प्रदेशमा यसअघि एमाले–माओवादी गठबन्धन अन्तर्गत माओवादीका शालिकराम जम्कट्टेल मुख्यमन्त्री थिए । तर एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका जम्कट्टेलले आइतबार राजीनामा दिएका थिए । संघमा कांग्रेस–एमाले समीकरण बनेसँगै प्रदेशमा पनि राजनीतिक परिवर्तन भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू