Ads

विमान दुर्घटनाबारे बुझ्न गृहमन्त्रीसहित सुरक्षा प्रमुखहरू विमानस्थलमा


काठमाडाैं । काठमाडौंबाट पोखरातर्फ प्रस्थान गर्ने क्रममा सौर्य एयरको विमान आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको छ ।

चालक दलका सदस्यसहित १९ जना यात्रु रहेको विमान उड्ने क्रममा विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटनामा परेको विमानस्थल कार्यालयले जनाएको छ ।

दुर्घटनाका बारेमा जानकारी लिन गृहमन्त्री रमेश लेखक विमानस्थल पुगेका छन् ।

(एन एएमई/सीआरजे २०) कलसाइन भएको जहाज बुधबार बिहान ११ बजे उडेलगत्तै दुर्घटनामा परेको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, विमानस्थलको रनवे 0२ बाट उडेको जहाज रनवे २0 को पूर्वतिर दुर्घटनामा परेको हो ।

जहाजमा १९ जना यात्रु रहेको बताइएको छ । दुर्घटनालगत्तै जहाजका क्याप्टेन मनिष शाक्यको उद्धार गरी उपचारका लागि केएमसी अस्पताल लगिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू