काठमाडौं । नेपाली कांग्रेसले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई टुक्याउन प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ । यसबारेमा आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो ।
क्यान टुक्राउनेबारे छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा देउवा, सांसदलगायत रहेका थिए । सो आवसरमा प्रधानमन्त्री ओलीसँग हवाइ दुर्घटनाका विषयमा पनि छलफल भएको थियो ।
हवाई उड्डयन सेवा, सञ्चालन तथा नियमनको काम एकै निकायले गर्न नसक्ने भन्दै नागरिक उड्डयन प्राधिकरणको क्षेत्राधिकार छुट्ट्याउन कांग्रेस सांसदहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।
छलफपछि परराष्ट्रमन्त्री राणाले नागरिक उड्यन प्राधिकरणलाई सेवा प्रदायक र नियामक गरी छुट्टाछुट्टै निकाय बनाउनुपर्ने, आइकाओ र इयूको सुझाव कार्यान्वयनका विषयमा प्रधानमन्त्री सकारात्मक रहेको बताइन् । उनले राणाले हवाई दुर्घटनापछि छानबिन समिति बन्ने तर सरकारले यसको जिम्मेवारी नलिने प्रवृत्तिप्रति सरकारको ध्यानाकर्षण गराएको जानकारी दिइन् ।
तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले क्यान टुक्र्याउने दुईवटा विधेयक राष्ट्रियसभामा पेस गरेका थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीन वर्षअघि नै प्राधिकरणलाई टुक्र्याउने गरी ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक २०७६’ र ‘हवाई सेवा प्राधिकरण विधेयक २०७६’ ल्याएपनि भने प्रतिनिधिसभामा अलपत्र छ ।
प्रतिक्रिया दिनुहोस्