Ads

चिनियाँ उपमन्त्री ली छ्युन नेपाल आउँदै


काठमाडौं, । चीनको संस्कृति तथा पर्यटन उपमन्त्री ली छ्युन नेपाल आउने तयारी भईरहेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन भन्दाअघि नै मन्त्री छ्युन नेपाल भ्रमणमा आउने तयारी भईरहो पर्यटन मन्त्रालय स्रोतले जनाएको छ ।
पर्यटनमन्त्री जीवनराम श्रेष्ठका अनुसार चिनियाँ उपमन्त्री नेपाल आउने कार्यक्रम रहेको तर मिति यकिन भएको छैन । ‘उहाँ आउँदै हुनुहुन्छ तर, समय यकिन नभएको मन्त्री श्रेष्ठले बताए ।

चिनियाँ उपमन्त्रीले काठमाडौं र भक्तपुरमा चिनियाँ लगानीमा बनेका सम्पदाहरुको अवलोकन गर्ने कार्यक्रम रहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा हुन लागेको चिनियाँ मन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपले हेरिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू