काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् ।
दुई दिने भ्रमणका लागि आइतबार काठमाडौं आइपुगेका सचिव मिस्री साउने सोमबारको अवसर पारेर पशुपतिनाथ मन्दिर दर्शन गर्न पुगेका हुन् ।
उनलाई पशुपतिको क्षेत्रको सांस्कृतिक सम्पदाबारे पुस्तक पनि उपहार दिइएको थियो । उनले हिजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतसँग भेटवार्ता गरेका थिए ।
आज परराष्ट्र मन्त्री आरजु राणा देउवासँग भेटघाट गर्ने उनको कार्यसूची रहेको छ । उनी आजै स्वदेश फर्कने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्