महोत्तरी । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका पोषण बहादुर थापा अहिले चर्चाको केन्द्रबिन्दुमा छन् । निजामती सेवाबाट चुनावी माहोलमा होमिएका उनी आफ्नो चुनाव चिन्ह चापाकल लिएर घरदैलोमा व्यस्त छन। बर्दिवास नगरपालिकाका सबै १४, गौसाला नगरपालिकाका १२ र भंगाहा नगरपालिका क्षेत्र न। १ मा पर्दछन् । स्थानीय निर्वाचनमा कांग्रेस र जसपाले ७ र ७ माओवादी केन्द्रले ६ र एमाले र लोसपाले ३ वडामा जित हासिल गरेको छ। माओवादीबाट लगातार ४ पटक सम्म जित हासिल गरेका गिरिराज मणि पोख्रेललाइ यो पटक चुनाव जित्न तेति सजिलो देखिन्न।दलहरूले गरेका कार्यशैलीले जनताको मत नयाँ अनुहारतिर आकर्षित भएका छन् ।
स्वतन्त्र उम्मेदवार थापा स्थानीय चुनावमा बर्दिबासका मेयर क्षेत्रीले पाएको १४ हजार २१० मतसहितकाँग्रेससहित दुबै गठबन्धनका मत तानेर जित्ने दाउमा लागेका हुन् । पोखरेल पटक पटक जित्दा जनअपेक्षा अनुसार काम नगरेको जनतामा वितृष्णा र महतो माथि विभिन्न अपराधिक मुद्दाले समाजमा नराम्रो छाप रहेकाले यसपट राम्रो मतले आफू जित्ने थापाको दावी छ ।
स्थानीय चुनाव र क्षेत्रीयमा धेरै फरक रहेको बताउँदै उनले गत स्थानीय निकायमा आएको नतिजाकै आधारमा गठबन्धनर्लाइ मत नपर्ने उनको तर्क छ । ‘गठबन्धन अनुसार मत पर्दैन । म लामोसमयदेखि काँग्रेसकै कार्यकर्ता हुँ, काम गरेको छु । काँग्रेसको ८/९ हजार मत मलाई नै पर्छ । गत स्थानीय चुनावमा दलहरुको मत मिश्रित थियो । त्यसकै आधारमा यो बलियो त्यो कमजोर विश्लेषणले खासै फरक पर्दैन । दुबै गठन्धनको धरै मत मसंग छ । यो नै मेरो जित्ने बलियो आधार हो,’ उम्मेदवार थापाले भने ।
विगत डेढ दशकदेखि माओवादीले बनाएको महोत्तरी–१ को किल्लामा यसपटक धक्का लाग्न सक्ने अवस्था देखिएको छ । २०६४ सालदेखि हालसम्म निरन्तर चुनाव जित्दै आएका गिरिराजमणि पोखरेलको पकड यस पटक कमजोर बनेको देखिन्छ । सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका उपमहासचिव पोखरेललाई यसपटक प्रतिपक्षी गठबन्धनका उम्मेदवारसँगै स्वतन्त्र उम्मेदवारले कडा चुनौती दिएका छन् । महोत्तरी–१ मा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि पोखरेल उम्मेदवार छन् । प्रदेश सभातर्फ– १ मा लोकतान्त्रिक समाजवादी पार्टीबाट पिताम्बर महतो उम्मेदवार छन् भने २ मा नेकपा माओवादी केन्द्रबाट भरत साह उम्मेदवार छन् । नेकपा एकीकृत समाजवादीबाट सुरेश बहादुर राउत पनि प्रदेश सभामा उम्मेदवार छन् ।
प्रतिक्रिया दिनुहोस्