Ads

स्थायी सरकारका लागि दुई ठूला दल मिल्यौँ : गृहमन्त्री लेखक


कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले देशमा स्थायी सरकार निर्माण गरि सुशासन कायम राख्न दुई ठूला दल मिलेको बताएका छन्।

आज कञ्चनपुरको पुनर्वास नगरपालिकामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा उनले तीन–तीन महिनामा सरकार परिवर्तन हुने अवस्था आएकाले देशका सबैभन्दा ठुला राजनीतिक दल मिलेर समीकरण बनाएको बताए ।

“मुलुकमा विशेष अवस्था सिर्जना भएको हुँदा राम्रो दिशा दिनका लागि दुई ठूला दल मिलेका हौँ”, मन्त्री लेखकले भने, “देशमा हरेक परिवर्तनमा दुई ठूला दल मिलेको इतिहास छ ।” उनले स्थायी सरकार निर्माणपछि देशमा विकास र सुशासन कायम हुने बताए ।

त्यसैगरी उनले नेपाल प्रहरी र सशत्र प्रहरीले सीमित स्रोत साधनमा काम गर्नुपरिरहेको बताए । नेपाल–भारत सिमानामा रहेकोे बिओपीलाई व्यवस्थित गर्नसमेत सरकार गम्भीरताका साथ लागेको उनको भनाइ छ । त्यसैगरी उनले बेलौरी र पुनर्वासमा रहेका छोटी भन्सार सञ्चालनका लागि सरकारले पहल गरिरहेको बताए ।

Ads

सम्बन्धित पोष्टहरू