Ads

सम्भव भएसम्म रिक्त सबै संवैधानिक पदमा नियुक्ति सिफारिस गर्न प्रचण्डको आग्रह


काठमाडाैं । संवैधानिक परिषदको बैठक बस्नुभन्दा एक दिनअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलका शीर्ष नेताहरूबीच छलफल भएको छ ।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो ।

बैठकमा संवैधानिक परिषद्ले गर्ने सिफारिसका बारेमा छलफल भएको छ । संवैधानिक परिषद्ले संवैधानिक पदहरूमा नियुक्तिका लागि सिफारिस गर्ने कानुनी व्यवस्था छ । सोहीकारण शुक्रबार बोलाइएको संवैधानिक परिषद्को बैठकअघि तीन नेताबीच त्यसको तयारीस्वरुप छलफल भएको हो ।

उक्त छलफलमा प्रचण्डले संभव भए भोलि (शुक्रबार) नै सबै रिक्त संवैधानिक पदहरूमा नियुक्तिका लागि सिफारिस गर्नुपर्ने बताएका छन् । नभए पुनः अर्को सहमति गरेर चाँडै सिफारिस गर्नुपर्ने प्रचण्डले बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

‘बैठकमा अध्यक्ष प्रचण्डबाट संवैधानिक निकायमा संभव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘अन्य विषयमा छलफल नभएको ।’

Ads

सम्बन्धित पोष्टहरू