Ads

ज्ञानेन्द्र र प्रचण्डबीचको सहमति बाहिर ल्याइदिनुसः शंकर पोखरेल


काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भनिएको सहमति खोजेर सार्वजनिक गरिदिन पत्रकारहरुलाई आग्रह गरेका छन् ।

महाधिवशेनबाट महासचिव निर्वाचित भए पछिको पहिलो पत्रकारसम्मेलनमा पोखरेलले उक्त आग्रह गरेका हुन ।

केही दिनअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति भएको दाबी गरेका थिए।

महासचिव पोखरेललाई सञ्चारकर्मीले ओलीले गरेको दाबीको प्रमाणबारे प्रश्न गरेका थिए । पोखरेलले भने, ‘हामी पुराना कुरा बिर्सन्छौ । माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिक रुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो कुरालाई संकेत गरेको छ, त्यो हामीले बताइरहनुपर्ने विषय होइन ।’

त्यो समयमा बाबुराम र प्रचण्डका बीचमा भएको अन्तरकलहमा उहाँहरुले सार्वजनिक गरेका विचारहरूले पनि सबै कुरा बाहिर ल्याएको उनले बताए । पोखरेलले यो विषय पत्रकारहरुले खोजेर बाहिर ल्याउन आग्रह समेत गरे ।

उनले भने  ‘अनुसन्धान गर्ने, स्रोतमा पहुँच राख्ने पत्रकार साथीहरुले बाहिर ल्याइदिनुभयो भने हामीलाई सजिलो हुन्छ, किनकि राजनीतिक दलभित्र एकले अर्कालाई भनिरहने भन्दा आधार हामीले प्रदान गरेका छौ, पुस्ट्याई गर्दिने कुरा तपाइँहरुको पनि हो ।’

Ads

सम्बन्धित पोष्टहरू