काठमापडौं । नेकपा एमालेका सचिव तथा ताप्लेजुङबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका योगेशकुमार भट्टराईले आफू पुगेर भेट्न नसकेका ठाउँका मतदातालाई पत्र लेखेका छन् । चुनावी प्रचारप्रसारको क्रममा पुग्न नसकेको ठाउँमा चिठ्ठी पठाएर भट्टराईले एमालेलाई मतदान गर्न आग्रह गरेका छन् ।
‘भेट्न आउँला भन्ने मन हुँदा हुँदै पनि कती ठाउँमा आउन सकेका छैनौँ । त्यसैले तपाईंको नाममा चिठ्ठी पठाएका छौँ है । अनुकल समयमा भेट हुने नै छ ।’ भट्टराईले चिठ्ठीमा लेखेका छन् ।
पत्रमा जिल्लाको समग्र विकास, जिल्लावासीहरुको खुशी तथा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै नेपाललाई समृद्विको दिशातिर डोहोर्याउनुपर्ने अहिलेको जिम्मेवारी भएको उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्