Ads

के छ किरण गुरुङको प्रतिबद्धता पत्रमा ?


तनहुँ । तनहुँ क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रतिनिधि सभा सदस्य उम्मेदवार किरण गुरुङले आफ्नो प्रतिबद्धता पत्रमा विकास र समृद्धिसँग जोडिएका विभिन्न योजनाहरु अघि सारेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तनहुँ नेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार किरण गुरुङले आफ्नो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

उनले चुनावी प्रतिवद्धता पत्रका विकस र समृद्धिसँग जोडिएका विभिन्न योजनाहरु अघि बढाएका छन् । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा तनहुँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ र प्रदेश सभा निर्वाचन क्षेत्र नं. २(१) र २(२) को विकासका लगि नेकपा (एमाले) प्रतिबद्धता रहेको गुरुङले बताएका छन् ।

उनले आफ्नो चुनावी प्रतिवद्धतामा पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नती र एमाले सरकारले थालनी गरेका सबै सडक विस्तार स्तरोन्नती र कालोपत्रे गर्ने बताएका छन् । उनको चुनावी प्रतिवद्धतामा सडक, पुल, जल विद्युत र ऊर्जा, उद्योग, शिक्षा स्वास्थ्यलाई विशेष प्राथमिकतामा राखेका छन् ।

सडक तथा पुल निर्माण

एमाले सरकारले थालनी गरेका सवै सडक विस्तार, स्तरोन्नति र कालोपत्रे साथैका साथै पृथ्वी राजमार्ग विस्तार तथा स्तरोन्नति कार्यलाई समयमै सम्पन्नका लागि पहल गरिने छ ।

रणनीतिक महत्वका सवै सडकहरुलाई विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने र एक पालिकाबाट अर्को पालिका र जिल्ला जोड्ने सडकको विस्तारका साथै संघ र प्रदेशको एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमलाई अघाडी बढाइने छ ।

टेन्डर भएका तथा निर्माणाधीन सवै पुलहरुलाई समयमानै सम्पन्न गर्नुका साथै सर्भे र डिपिआर भएका सवै पुलहरु निर्माण कार्यलाई अघाढी बाढाउने उल्लेख छ । प्राथमिकताको आधारमा सवै सडक खण्डमा आवश्यक पुलहरु तीव्रताका साथ निर्माण गर्दै लैजाने छो र आवश्यक सवै ठाउँमा झोलुङ्गे पुलहरु पनि निर्माण गरिने छ ।

जल विद्युत र ऊर्जा

तनहुँ हाइड्रोलाई समयमा नै सम्पन्न गर्न पहल गर्नुका सथै सौर्य ऊर्जालाई उपयोग गर्न जोड दिनेछौ । बायो ग्यास उत्पादन गर्ने र सवै गाउँ वस्तीमा थ्रीफेज विद्युतीकरण गर्ने प्रतिबद्धता पत्रमा लेखिएको छ ।

मानपुरकोटसाभुङको सवस्टेशनलाई समयमा नै सम्पन्न गरेर यस क्षेत्रका विद्युतकोनयाँ मिटिर जडान् तथा वितरण, महशुल संकलन, नामसारी लगायतका सेवा वेलचौतारा सवस्टेशनबाट गर्नेव्यवस्था मिलाउन पहल गर्ने बताइएको छ ।

उद्योग, पर्यटन

शुक्लागण्डकी नगरपालिका वडा नम्बर ९ घारी र व्यास नगरपालिका ५ चिन्तुटारमा प्रदेश र राष्ट्रिय स्तरको औद्योगिक क्षेत्र स्थापनना गर्नुका साथै एक पालिका एक औद्योगिक ग्राम स्थापना र कार्यान्वन गर्न पहल गर्ने बताइएको छ । एमालेले आयात प्रतिस्थापन गर्नेतथा वन र कृषिसंग आधारित उद्योग सञ्चालन गर्न प्राथमिकता दिनुका साथै हस्तकला, साना, मझौला र ठूला उद्योगहरु सञ्चालनमा समानरुपमा जोड र प्रोत्साहन गर्ने बताएको छ ।

धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पर्यटकीय गन्तव्यहरुलाई संरक्षण र प्रवर्धन गर्नुका साथै नयाँ नयाँ पर्यटकीय गन्तव्यको पहिचान र प्रवर्धन गर्ने, हाइकिङ, रक क्लाइमिङ, बञ्जी, जीप फ्लायर, प्याराग्लाइडिङ, क्यानोनिङ, पदमार्ग आदिको सम्भावना अध्ययन तथा प्रवर्धन गर्ने उल्लेख छ ।

कृषि र जलवायु

गुरुङले उन्नत प्रविधि र प्राविधिक सहयोगबाट कृषि उत्पादन र उत्पादकत्ववृद्धि गर्न कृषिको व्यवसायीकरण, यान्त्रिकीकरण र बजारीकरण गर्नमा जोड दिने उल्लेख गर्नुभएको छ । कृषिको निम्ति चक्लाबन्दी र करार खेतीलाई प्रोत्साहन गर्नुका साथै जववायुमैत्री नमूना कृषि गाउँ स्थापना कार्यक्रमलाई निरन्तरता दिने, कृषि तथा पशुपालनको लागि पकेट क्षेत्र घोषणा गरी उत्पादनमा जोड दिने बताइएको छ ।
पशुपालन, मत्स्य पालन, फलफूल, तरकारी दुग्ध उत्पादन गर्ने कृषकहरुलाई अनुदानको, बीमा र औषधि उपचारको ग्यारेन्टी गर्ने बताइएको छ । अलैची, एभोकाडो, ओखर, सुन्तला, कागती, किभी, चिया, कफी, अदुवा, टिमुर लगायतका जडीबुटी एवं नगदेबालीहरुको व्यवसायिक खेतीमा कृषकहरुलाई प्रोत्साहित गराउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

शिक्षा, स्वास्थ्य

एमालेले शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बेलचौतारामा गण्डकी विश्वविद्यालय स्थापना र चिकित्सक शिक्षण अस्पताल स्थापना गर्न पहल गर्नुका साथै कालिगण्डकी बहुप्राविधिक शिक्षालय घिरिङपुट्टार र तनहुँ प्राविधिक शिक्षालय भिमादमा प्राविधिक विषय थप गर्न पहल गर्ने प्रतिबद्धता जनाएको छ । ‘सामुदायिक विद्यालयको अध्ययन र अध्यापनलाई गुणस्तरीय बनाउन पाठ्यक्रम सुधार, तालिम, शैक्षिक सामाग्री र प्रयोगशालाको व्यवस्था मिलाउनेछौं,’ घोषणापत्रमा भनिएको छ ।

शुक्लागण्डकी नगरपालिका बेलचौतारामा विशिष्टिकृत अस्पताल र शिक्षण अस्पताल स्थापना गर्नुका साथै जि पि कोइराला राष्ट्रिय श्वास प्रश्स्वास उपचार केन्द्रलाई पूर्णता दिँदै आवश्यक भौतिक पूर्वाधार निर्माणको निम्ति पहल गर्ने एमालेले जनाएको छ ।

पालिकास्तरका निर्माणधीन अस्पतालहरु चाँडै निर्माण सम्पन्न गरि अस्पतालहरुमा जनशक्ति, उपकरण र औषधिको सहज प्रवन्ध मिलाउनुका साथै प्रत्येक वडामा स्वास्थ्यचौकी स्थापना गरेर गाउँगाउँमा स्वास्थ्य क्लिनिकहरुको पनि व्यवस्था मिलाउने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कोट तथा ऐतिहासिक स्थलहरुको संरक्षण

एमालेले तनहुँमा रहेका एतिहासिक धार्मीकस्थल तथा पर्यटकीय स्थालहरुको प्रबर्धन तथा संरक्षण गर्ने, जिल्लामा रहेका मानहुँकोट, भुजिकोट, घिरिङकोट, ऋषिङ कोट दरबार, गलेखामकोट, ढोर वराही मन्दिर, किल्चोक मन्दिर, सिद्धगुफा, सतीकोट, गुर्दुम, मनपाङ, मिलेनियम पदमार्ग लगायतका एतिहासिक, धार्मिक, पर्यटकीय स्थलहरुको संरक्षण, व्यवस्थापन गर्ने जनाएको छ ।

ठाडोभाका, सालेजो, कौरा, चुट्का, सोरठी, घाँटु, कृष्ण चरित्र, झ्याउरे, यानीमाया, लाखे जस्ता लोक भाका लगायत साहित्य, कला, भाषा, संस्कृतिको संरक्षण, सम्बर्धन, प्रवर्धन गर्ने र होमस्टेहरुलाई प्राकृतिक र साँस्कृतिक विकाससंग जोडी समृद्धि हासिल बनाउने पनि उल्लेख छ ।

Ads

सम्बन्धित पोष्टहरू