काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता हुँदैछ।
समसामयिक राजनीतिक विषयमा कुराकारानी गर्न दुई नेताबीच भेट हुन लागेको प्रधानमन्त्री ओलीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिए। भेटवार्ता प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ। सत्ता साझेदार दलका प्रमुखबीच भेटघाट हुनु सामान्य रहेको उनले बताए।
स्थानीय तहको उपनिर्वाचन, प्रधानमन्त्रीको आसन्न चीन भ्रमण लगायतका विषयमा उनीहरूबीच छलफल हुनेछ। पछिल्लो समय मन्त्रिपरिषद् हेरफेरको विषयमा पनि चर्चा छ। दुई नेताबीच यस विषयमा पनि कुराकानी हुनसक्ने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्