Ads

परराष्ट्रमन्त्री राणा आज चीन जाँदै, प्रधानमन्त्रीको भ्रमणको तयारी गर्ने


काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज (बिहीबार)देखि चीनको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज चीन जान लागेकी हुन् ।

चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिला केन्द्रीय आयोगको कार्यालयका निर्देशकसमेत रहेका वाङको निमन्त्रणमा मन्त्री राणाले आजदेखि १५ गतेसम्म चीनको भ्रमण गर्न लागेकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीनको औपचारिक भ्रमणको तयारीलगायत दुई देशबीचको आपसी हितका विविध विषयमा व्यापक छलफल गर्नेछन् ।

परराष्ट्रमन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्कनेछिन् ।

आगामी मंसिर १७ गते प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदैछन् । उनी प्रधानमन्त्री ओलीको भ्रमण दलमा पनि सहभागी हुनेछिन् ।

Ads

सम्बन्धित पोष्टहरू